१९ कार्तिक २०८३, बिहिबार

खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान पौडेर बाँचे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट (उदयपुर), २४ असोज । कटारी नगरपालिका–७ स्थित बेलस्रोतमा बेलस्रोत खोलाले बगाउँदा स्थानीयवासी ३६ वर्षीया राजकुमारी मगरको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार आइतबार साँझ वर्षासँगै आएको बाढीमा राजकुमारी र उनका श्रीमान् ज्ञानबहादुर थापाले सँगै खोला तरेका थिए । दुवैलाई खोलाले बगाए पनि ज्ञानबहादुर उम्कन सफल भएका थिए भने श्रीमती बेपत्ता बनेकी थिइन् ।

श्रीमती मगरलाई आज बिहान मृत फेला पारिएको र कटारी अस्पतालमा शवपरीक्षणका गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीका प्रमुख नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो । रासस