३० कार्तिक २०८३, सोमबार

कपिलवस्तु पुगेर चिनियाँ राजदूतले किन गराए प्रचण्डको ध्यानाकर्षण ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-chuntai

कपिलवस्तु, २४ असोज । चिनियाँ राजदूत ऊ चुन्थाई सहित चिनियाँ विशिष्ट व्यक्तिको एक टोलीले आज कपिलवस्तुका पुरातात्विक स्थलको अवलोकन गरेको छ ।

सो टोलीमा अल चाइना बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष झकाङ सहित सात जना सहभागी हुनुहुन्थ्यो । उहाँहरुले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अवलोकन गर्नुभएको छ ।

उहाँहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले लुम्बिनी र प्राचीन कपिलवस्तुका बौद्धकालीनस्थलका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरुले प्राचीन बौद्धकालीन स्थलको संरक्षण हुनुपर्नेबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

पछिल्ला वर्षमा चिनियाँ उच्च अधिकारीदेखि सर्वसाधारण चिनियाँ पर्यटकको भ्रमण लुम्बिनी र कपिलवस्तु क्षेत्रमा बढ्दै गएको छ । रासस