१९ कार्तिक २०८३, बिहिबार

सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

apf-chief

काठमाडौं, २४ असोज । बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल तथा जितबहादुर पुन लगायत एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

विहान ७ वजेर ५ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राईले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाउनुभयो ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुन बीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बडादशैं अन्तर्गत महानवमीको अवसरमा हरेक वर्ष यस्तो खालको निशान तथा कोतपूजा गर्दै आएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राईले मौलोपूजा व्यवस्थापनामा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलार्ई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।