१९ कार्तिक २०८३, बिहिबार

प्रहरी महानिरीक्षक अर्यालबाट मौलो पूजा सम्पन्न, सई चन्द र हवल्दार गिरी पुरस्कृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendrakant-aryal

काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडादशैं कार्यक्रम अन्तर्गत वडादशैं २०७३ का अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित  मौलोमा पूजाअर्चना तथा सङकल्प पूजा गर्नुभयो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी महानिरीक्षक अर्यालले मौलोमा पूजा विसर्जनका लागि कुभिण्डो तथा बलीपूजाबाट मौलो पूजा, सङकल्प पूजाअर्चना र निशानमा पञ्जा छाप लगाउनुको साथै मौलो परिक्रमासमेत गर्नुभयो । साथै प्रहरी महानिरीक्षक अर्यालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार टंकनाथ गिरीलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत अधिकृत तथा जवानहरुकोसमेत उपस्थिति रहेको उक्त मौलो पूजाका अवसरमा प्रहरी अधिकृत तथा जवानहरुबीच बिजयादशमीको शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।