१९ कार्तिक २०८३, बिहिबार

टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता लिए युवा संघले देशभर आन्दोलन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

पोखरा, २३ असोज । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई उन्मुक्ति दिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

युवा संघ नेपाल पोखरा– २७ हेम्जाको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राज्यको मुख्य पदमा बसेर प्रचण्डले अपराधिहरुलाई उन्मुक्ति दिन योजना बनाएको आरोप लगाए ।

भारत भ्रमणको बेलामा प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो व्यक्तिहरुलाई भेट्नु भनेको नेपालको स्वाभिमान प्रति नै आँच आउने काम भएको र आफ्नो पदको दुरुपयोग गरेको पहारीले बताए ।

यो कार्यको बिरोध गर्दै उनले अपराधिक व्यक्तिलाई उन्मुक्ति दिए कानूनको सम्मान गर्दै देशभक्ति राष्ट्रप्रेमी नेपालीहरुको साथ लिदै युवा संघ नेपालले देशैभर आन्दोलन गर्ने चेतावनी दिए ।