घोराही, २३ असोज २३ । जुवातास नियन्त्रणमा कडारुपमा प्रस्तुत भएको दाङ प्रहरीले अवैधरुपमा खेलाइने ढुकुटी खेलमाथि निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले जुवातास नियन्त्रणका लागि सम्भावित ठाउँहरु पहिचान गरी सादा पोशाकमा प्रहरी खटाइरहेको बेला ठूलो रकममा खेलिने ढुकुटी खेललाई निगरानीमा राखेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले ढुकुटी खेलाउन राष्ट्रिय वाणिज्य बैंकबाट अनुमति लिनुपर्ने भन्दै अबैधरुपमा हुने ढुकुटी खेललाई बन्द गर्ने चेतावनी दिनुभयो ।
‘हाम्रो कानुनु अनुसार ढुकुटी खेल अवैध नै हो, दाङमा पनि ठूलो रककमा ढुकुटी खेल हुन्छ भन्ने सुनेको छु’– एसपी सिहले भन्नुभयो– ‘अब जुवातासपछि ढुकुटी खेल पनि प्रहरीले आफ्नो निगरानी राखेको छ, अवैधरुपमा खेलाईने ढुकुटी प्रहरीले नियन्त्रण गर्छ ।’
अहिलेसम्म ढुकुटी खेलवाट ठगिएको भनेर जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी नआएको भन्दै उजुरी आए कारवाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
अवैधरुपमा खेलाईने ढुकुटि बन्द गर्नु प्रहरीको दायित्व रहेको भन्दै यो नियन्त्रणका लागि प्रहरीलाई सुचना दिएर सहयोग गर्न आग्रह गर्नु भयो । कानुन विपरीत ढुकुटि खेल खेल्न र नखेलाउन अनुरोध गर्दै यदि कसैले ढुकुटि खेलवाट ठगिएको भनि गुनासो गरेमा त्यसलाई कानुनि दायरामा ल्याएर छाड्ने उल्लेख गर्नु भयो ।
दाङका अधिकांश ठाउहरुमा ढुकुटि खेलहरु हुनेगर्छन् । कर छलि गरेर ठुलो रकममा हुने ढुकुटि खेलमा अहिलेसम्म प्रहरीले ध्यान नदिएको भएता पनि एसपि सिहले यस्ता गैर कानुनि कार्यले सरकारलाई राजश्वमा घाटा लागिरहेको बताउनुभयो ।













प्रतिक्रिया