१९ कार्तिक २०८३, बिहिबार

एनआरएन अध्यक्ष शेष घलेद्धारा झापामा इ लाइवेरीको उद्घाटन

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shes-ghle

– राजकुमार ओली

झापा, २३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताउनुभएको छ ।

आज झापाको जलथलमा महेन्द्र माध्यामिक विद्यालयमा इ लाइवेरी को उद्घाटन गर्नुहुँदै अध्यक्ष घलेले बैदेशिक रोजगारमा निक्कै चुनौती थपिदै गएकोले पनि गुणस्तरीय शिक्षा नै महत्वपूर्ण भएको बताउनुभएको हो ।

e-laiberi-btm-ses-gale-3

विद्यालयका विद्यार्थी तथा डेनमार्कका नेपाली दूत दिपक सापकोटाको विशेष पहलमा ५१ लाखको लागतमा सुविधा सम्पन्न भवनमा इ लाइवेरीको उद्घाटन गरिएको हो । सापकोटाले एन आर एन डेनमार्कको अध्यक्ष हुँदा पहल गरि यो काम गर्न सफल भएको बताउनुभयो ।

इ लाइवेरी उद्घाटन कार्यक्रममा एन आर एनका उपाध्यक्ष कुमार पन्त, युरोप संयोजक कुल आचार्य, उत्तर अमेरिका सयोजक सोनाम लामा, आयरलैण्ड पूर्व संयोजक गणेश प्रशाई, इ लाइवेरी युरोपका सयोजक सोम सापकोटा, सांसद अमृतलाल राजबशी, एमाले नेताहरु बसन्त बानिया, जीवन श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो ।

हेलिकप्टर चार्टर गरि आएको एन आर एनका टोलीले नेपाल नेत्रहिन संघ झापाको माग पत्र समेत बुझी आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।