१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाले चलायो निःशुल्क बस

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-army-bus

काठमाडौँ, २३ असोज । बडादशैंको उपलक्ष्यमा नेपाली सेनाले सर्वसाधारणलाई लक्षित गरी निःशुल्क बस संचालन गरेको छ ।

बडादशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाडौं उपत्यकाभित्र सैनिक तथा गैरसैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पु¥याउने उद्धेश्यले यातायात संचालन गरेको नेपाली सेनाले जनाएको छ ।

महानवमी र दशमीको दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा प्रत्येक दिन ११ वजे र दिउँसो ४ बजे तथा एकादशीको दिन बिहान ६ बजे, ११ बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस निःशुल्क संचालन गर्ने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ ।

रुटहरु सम्बन्धि विस्तृत विवरण नेपाली सेनाको अफिसियल फेसबुक पेज (facebook.com/nepalesearmyhq) मा समेत राखिएको छ ।