१९ कार्तिक २०८३, बिहिबार

मुसलमान समुदायबाट दसैँको शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २३ असोज । यहाँको मुसलमान समुदायले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव जौन उदिन मियाँ लगायत यस क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

सो अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य नन्दप्रसाद अर्यालले मुसलमान समुदायले समेत दसैँमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै यसबाट सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो । रासस