३० कार्तिक २०८३, सोमबार

युवतीलाई युवकले टोकेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolma1

– नवराज श्रेष्ठ

रामेछाप, २३ असोज । रामेछाप जिल्लाको कुभुकास्थली गाविसकी एक युवतीलाई एक युवकले मरणासन्न हुने गरी टोकेपछि अस्पतालको शैयामा छट्पटाई रहेकी छिन् ।

घटना रामेछापको कुभकास्थली –९ रामेछापको हो । स्थानीय १९ वर्षिया डोल्मा शेर्पालाई उनकै छिमेकी कर्मा लामाले टोकेर मरणासन्न पारेका हुन् । उनी अहिले मन्थलीको तामाकोसी सहकारी अस्पतालमा उपचार गराइरहेकी छिन् । युवतीको शरीरभरि टोकेको घाउ नै घाउ छ ।

पीडित युवतीले दिएको जनकारी अनुसार आफ्नो बारीबाट बाटो बनाएको रिसमा कर्माले त्यसरी आक्रमण गरेको हो । पहिला लौराले हिर्काएर ढालेपछि आफ्नो शरीरको विभिन्न भागमा टोकेको डोल्माले बताइन् । गएको सोमबारको घटना भए पनि उनी घरमा नै निको हुने आशमा उपचार गराएर बसेकी थिइन । तर पीडा र घाउ कम नभएपछि पीडित महिला उपचारको लागि सदरमुकाम मन्थली आइपुगेकी थिइन् ।

dolma