३० कार्तिक २०८३, सोमबार

के तपाईंलाई थाहा छ ? भद्रकालीका विषयमा आश्चर्य लाग्ने जनविश्वास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhadrakali_1

काठमाडौं, २३ असोज । नवरात्रीको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजाआजा गरिन्छ। तर तपाईंलाई सुन्दा पनि आश्चर्य लाग्न सक्छ– देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनीका साथ उत्पन्न हुनुभएको थियो। अर्थात भद्रकालीलाई योनी शक्तिको उपजका रुपमा लिइन्छ । त्यसैले महाअष्टमीका दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ।

bhadrakali_2

महाअष्टमीका दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। यसै दिन दसैँघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।