काठमाडौं, २२ असोज । न्यूजील्याण्डको विलिङ्टनस्थित रंगोटाई कलेजमा कक्षा ९ मा पढ्ने १३ वर्षका रोबीन कुँवरले भूकम्पबाट प्रभावित अपाङ्ता भएका बालबालिकाको सहयोगका लागि काठमाडौंको थलीस्थित अपाङ नवजीवन केन्द्रलाई ७५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
केन्द्रका सदस्य सचिव अच्यूतराज शर्मालाई रोबीनले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
२०७२ साल वैशाख १२ गते नेपालमा भूकम्प गई क्षति पुर्याएको जानकारी पाएपछि रोबीनले विलिङ्टनका कलेजका साथी, समुदाय र आफ्नो सहित गरी सो रकम जम्मा गरेका हुन् ।
रोबीनले प्राकृतिक विपद्को बेला आफ्नो देशका भूकम्प प्रभावित बालबालिकालाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम संकलन गरेको बताए । ‘नवजीवन केन्द्रका बालबाललिका लागि शुद्ध खानेपानी उपलब्ध गराउनका लागि सहयोग गर्ने भविष्यको लक्ष्य बनाए’, केन्द्रमा पुगेका रोबीनले भने ।
पाल्पा पालुङ मैनादी गाविस बतासे स्थायी घर भएका रोबीन दशंै मनाउनका लागि अभिभावकसँग नेपाल आएका हुन् ।













प्रतिक्रिया