३० कार्तिक २०८३, सोमबार

डा. केसीले दसैंसम्मका लागि अनसन तोडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr.-Gobindha-kc

काठमाडौं, २१ असोज । स्वास्थ्य क्षेत्र सुधारका लागि नवौंपटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले दसैं अवधिभरका लागि अनसन स्थगित गरेका छन् ।

शुक्रबार राति त्रिभुवन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले सम्पूर्ण नेपाली जनताको चाहना र दबाबले केही दिनका लागि अनसन स्थगित गरेको बताए ।

पत्रकार सम्मेलनपछि डा. केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मैले दशैंभरको अवधिका लागि आजैको दिनदेखि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जानकारी गराउँछु ।’

पत्रकार सम्मेलनमा उनले आफ्ना माग यथावत रहेको बताए । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेसहित डा. केसीले चिकित्सा क्षेत्र सुधारका लागि चार बुँदे माग राखेका छन् ।

यसअघि स्वास्थ्यमन्त्री गगन थापाले आफू डा केसीकै पक्षमा रहेको भन्दै तत्कालका लागि अनसन स्थगित गरिदिन आग्रह गरेका थिए ।