१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरको बाणीमा अस्थायी प्रहरी चौकी स्थापना, क्षेत्रीय प्रहरी प्रमुख भट्टद्धारा उद्घाटन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kancahnpur-police-office

भीमदत्तनगर, २१ असोज । कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ वाणी बजारमा अस्थायी प्रहरी चौकी निर्माण भएको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विजयराज भट्टले उक्त चौकीको उद्घाटन गर्नुभयो । कृष्णपुर नगरपालिका कार्यालय, स्थानीय व्यापारी, व्यवसायी तथा सामुदायिक वनको आर्थिक तथा प्रहरी श्रमदानमा निर्मित दुई अस्थायी प्रहरी चौकी भवन उद्घाटन गरिएको वाणी बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष अर्जुन साउदले बताउनुभयो ।

कृष्णपुर नगरपालिका कार्यालयले चौकी भवन बनाउन रु ५० हजार, सामुदायिक वनले जग्गा र काठ तथा व्यापारीले अर्थ सङ्कलन गरेका हुन् । रासस

फोटोः अर्जुन साउदबाट ।