१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिद्धारा एक सय चार कैदीलाई माफी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बडादसैँ, २०७३ का उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका १०४ कैदीलाई माफी दिनुभएको छ ।

कारागार नियमावली, २०२० एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावती लगायत कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । रासस