१९ कार्तिक २०८३, बिहिबार

आम रुकुमेली जनताको पक्षमा रहेर काम गरेको छु : एलडीओ शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharat-kumar-sharma-ldo– अमरराज पुन

रुकुम, २१ असोज । रुकुमका स्थानीय विकास अधिकारी (एलडीओ) भरत कुमार शर्माले बिदाई कार्यक्रममा बोल्दै पाँच वर्षे आफ्नो कार्यकालमा आम रुकुमेली जनताको पक्षमा रही आफूले काम गरेको बताउनुभएको छ ।

आज एक कार्यक्रमकाबीच पूर्व मन्त्रीहरु, जिल्लाका विभिन्न राजनीतिक दल, सरोकारवाला निकाय, संघ–संस्था, पत्रकार लगायतको उपस्थितिमा फूल गूच्छा प्रदान तथा खादा ओढाएर शर्मालाई बिदाई गरिएको छ ।

बिगत पाँच वर्ष देखि रुकुम जिल्लामा स्थानिय विकास अधिकारीको रुपमा एक कुशल प्रशासकको रुपमा कार्यरत शर्माको संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय काठमाडौंमा सरुवा भएको हो ।

बिदाई कार्यक्रममा अति भावुक बन्दै स्थाानिय विकास अधिकारंी भरत कुमार शर्माले जिल्लाका राजनैतिक दल, पत्रकार, नागरिक समाज र सम्पूर्ण जिल्लाबासीले आफूलाई गरेको सहयोग र साथले नै आफ्नो पाँच वर्षे रुकुम जिल्लाको कार्यकाल निकै सुखद भएको बताउनुभयो ।

रुकुम जिल्लाबाट सरुवा भएर काठमाडौं गएतापनि आफ्नो ध्यान रुकुमेली जनतासंग रहने बताउँदै रुकुम जिल्लाको समग्र विकास र संभावनाका लागि आफ्नोे सहयोग संधै कायम रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । रुकुम जिल्ला आफ्नो जन्मभुमि भएको नाताले पनि रुकुम र रुकुमेलीलाई कुनैपनि अवस्थामा भूल्न नसकिने उहाँको भनाई थियो ।

आफ्नो कार्यकालमा रुकुम जिल्लाको यातायात सेवा, पर्यटन क्षेत्र, विकास निर्माण, शैक्षिक अवस्था, पुर्ण सरसफाई तथा रुकुम भम्रण वर्ष २०७२ को थालनी लगायतका निकै महत्वपुर्ण कामहरुले सार्थकता पाएको उहाँले खुशी प्रकट गर्नुभयो ।

त्यस्तै बिदाई कार्यक्रमका प्रमुख अतिथि पूर्व आपुर्ती मन्त्री गणेशमान पुनले पनि सरुवा हुनु भएका स्थानिय विकास अधिकारी शर्माले रुकुम जिल्लाका नागरिकहरुका लागि उहाँले गर्नुभएको अतुलनिय योगदानको उच्च प्रशंसा गर्नुभयो ।

रुकुमका आम नागरिकको हितमा रहेर नै जनप्रतिनीधिको मन जित्न सफल भएकाले साँच्चै स्थानिय विकास अधिकारी शर्मा आम रुकुमेलीहरुको मनमुटुमा बस्न सफल भएको पूर्व मन्त्री पुनको भनाई थियो ।

जिल्ला विकास समितिको कार्यालय रुकुमको प्राङ्गणमा आयोजित बिदाई कार्यक्रममा पूर्व आपुर्ति मन्त्री गणेशमान पुन, पूर्व खेलकुद मन्त्री कमला रोका, जिल्ला स्थित विभिन्न राजनैतिक दल, सरोकारवाला निकाय, पत्रकार, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

बिदाई कार्यक्रमको अध्यक्षता स्थानिय विकास अधिकारी भरत कुमार शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला विकास समिति रुकुमका कार्यक्रम संयोजक चिन्तामणि दाहालले गर्नुभएको थियो ।