१९ कार्तिक २०८३, बिहिबार

मोरङमा एमाले प्रबेशको लहर, कांग्रेस र माओवादी रित्तिनै थाले!

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-party-parbesh

उर्लाबारी, २१ असोज । मोरङको बाहुनीमा आज आयोजित एक कार्यक्रमका बीच नेकपा – माओवादी केन्द्रका गाउँ अध्यक्ष बाहेक अन्य सबै नेकपा एमालेमा प्रबेश गरेका छन् ।

बाहुनी – १ स्थित जनता उच्च मावि एमाले गाउँ कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रका गाउँ उपाध्यक्ष गोपाल कार्की र प्रकाश गिरीको नेतृत्वमा अध्यक्ष बाहेकका सबै जना एमालेमा प्रबेश गरेका हुन् ।

यस्तै माओवादी केन्द्रका मोरङ जिल्ला सदस्य रामप्रसाद आचार्य पनि एमालेमा प्रबेश गर्नुभएको छ । कार्यक्रममा नेपाली काँग्रेसबाट ५ जनासहित ५० बढी एमालेमा प्रबेश गरेका थिए ।

एमाले गाउँ कमिटि अध्यक्ष महेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले पूर्व केन्द्रिय सदस्य गुरु बराल, क्षेत्रिय अध्यक्ष घनश्याम गौतम, क्षेत्रिय सदस्य इन्द्र गौतम, युवा संघ केन्द्रिय सचिवालय सदस्य एवम् कोशी अञ्चल इन्चार्ज रविन थापा लगायतले बोल्नु भएको थियो ।