काठमाडौं, २१ असोज । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठको अवसर पारेर सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले सशस्त्र प्रहरी बलले शुक्रबार बिहानसम्म देशभर करीब ४३ ठाउँमा लिङ्गेपिङ हालेको छ ।
सशस्त्र प्रहरी बलको युनिट नजिकै तथा सर्वसाधारणलाई पायक पर्ने ठाउँमा लिङ्गेपिङ हालिएको छ ।
उपत्यकाको बलम्बु, घट्टेकुलो, सुकेधार, पुरानोबानेश्वर, सिनामंगल, धुम्बाराही, सल्लाघारी, नारायणटार, निलबाराही मन्दिर, खुमलटार, कुसुन्ती, भैसेपाटी, पाँगा र चोभारमा गरी १६ वटा तथा पूर्व क्षेत्रमा ९ वटा, मध्य क्षेत्रमा ६ वटा, पश्चिम क्षेत्रमा ७ वटा र मध्यपश्चिम क्षेत्रमा ५ वटा गरी कूल ४३ स्थानमा लिङ्गेपिङ हालिएको छ भने अझै केही स्थानमा लिङ्गेपिङ हाल्ने क्रममा जारी रहेको सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बलले विगतका वर्षहरुमा पनि यसैगरी सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दशैं, तिहार तथा छठको अवसर पारेर विभिन्न ठाउँमा लिङ्गेपिङ हाल्ने गरेको थियो ।













प्रतिक्रिया