रौतहट, २१ असोज । भारतबाट अवैध रुपमा ल्याएका कुखुराको चल्ला ५ हजार १ वटा चल्ला सहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले शुक्रबार विहान उनीहरुलाई कर्कच कर्मैया–५ टिकुलियाबाट उक्त चल्लाहरु, १४ वटा साईकल, २ थान मोटरसाईकल र नगद ७३ हजार रुपैया सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया