
काठमाडौं, २१ असोज । एफ २५७४ नम्वरको उडानद्धारा दुवई हुँदै पाकिस्तान जान लागेका पाकिस्तानी नागरिक पासपोर्ट नम्वर सिसि ८१०४३७१ वाहक RANA MUHAMMAD JAHANGIR लाई प्रहरीले ८ हजार २ सय अमेरिकी डलरसहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपाचर एरियाको हेण्ड व्यागेज चेकिङ्ग एरियाबाट उनलाई प्रहरीले विहिबार उक्त डलर सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।












प्रतिक्रिया