१९ कार्तिक २०८३, बिहिबार

सवारी दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २१ असोज । नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी २७ वर्षीय विजय थापाको घटनास्थलमा नै मृत्यु हो ।

यसैगरी, मोटरसाइकलमा सवार रुपन्देही रुद्रपुर–९ घर भई हाल जिल्ला कारागार परासीमा कार्यरत प्रहरी जवान ३० वर्षीय गनबहादुर थापाको उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस