१९ कार्तिक २०८३, बिहिबार

तनहुँमा पैदल यात्रुको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २१ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा बिहीबार अपराह्न मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१३ मालेबगर बस्ने ८२ वर्षीय देवेन्द्र मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका मल्लको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि गण्डकी अस्पताल पोखरा पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक मल्लको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस