काठमाडौं, २० असोज । बिहीबार बिहानै भुकम्पका दुई पराकम्प गएका छन् ।
बिहान ७ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर ३ दशमलव ७ म्याग्नेच्युडको र त्यतिखेरै ७ बजेर ३८ मिनेट जाँदा नुवाकोट केन्द्रविन्दू बनाएर ३ दशमलव ८ म्याग्नेच्युडको पराकम्प गएको राष्ट्रिय भूकमप मापन केन्द्रका सिस्मोलोजिस्म भरतप्रसाद कोइरालाले जानकारी दिए ।
गत वर्ष बैशाख १२ गतेकै भूकम्पका पराकम्प रहेका यी पराकम्पका धक्का आसपासका जिल्लाहरु र काठमाडौंसम्म पनि महसुस गरिएको थियो ।













प्रतिक्रिया