१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा प्रहरी दिवसकै दिन १३ किलो चरेस बरामद

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chares

महेन्द्रनगर, २० असोज । बिहीबार ६१ औँ प्रहरी स्थापना दिवसकै दिन कञ्चनपुरमा ठूलो मात्रामा चरेससहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका हरेक यूनिटहरुमा धुमधामका साथ दिवस मनाईरहेका बेला नेपाल प्रहरीको लागु औषध नियन्त्रण टोलीले विशेष सूचनाको आधारमा बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट १३ किलो चरेशसहित कृष्णानन्द भट्टलाई पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले भट्टकै गोठमा गोठमा लुकाईरहेको अवस्था चरेश बरामद गरिएको र पक्राउ परेका भट्ट र चरेस जिल्ला प्रहरी कार्यालय ल्याईसकेको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी कार्कीले पहाडी जिल्लाबाट भारत निकासीका लागि उक्त चरेस चुरे हुँदै कृष्णपुर पुर्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।