१९ कार्तिक २०८३, बिहिबार

ट्रिपरको ठक्करबाट नेता नारायणमान बिजुक्छेकी भाइबुहारीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३० असोज । भक्तपुरको लोकन्थलीमा बिहीबार दिउँसो ट्रिपरको ठक्करबाट नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेकी भाई बुहारीको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा ४ ख ३०२० नं.को ट्रिपरले अगाडी गुडिरहेको बा ३४ प ६३१२ नं.को बाइकलाई ठक्कर दिँदा बाइकको पछाडी रहेकी इन्दिरा बिजुक्छेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

बाइकका चालक तथा उनका श्रीमान राजामान बिजुक्छे भने घाइते भएका छन् ।

राजामान र इन्दिरा भक्तपुरका चर्चित नेता नारायणमान विजुक्छेका आफ्नै भाई र बुहारी हुन् ।