१९ कार्तिक २०८३, बिहिबार

‘संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Giriraj-Mani-Pokharelबर्दिवास, २० असोज । नेकपा (माओवादी केन्द्र)का सचिव गिरिराजमणि पोखरेलले संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

आफ्नै निर्वाचन क्षेत्र बर्दिवासमा आज बडादसैँ, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यही मुख्य कार्यभारबाट निर्देशित भएर अहिलेको सरकार संविधान प्रक्रियामा जुटेको बताउनुभयो ।

संविधान निर्माण र घोषणा ऐतिहासिक उपलब्धि भए पनि मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गरे मात्र संविधानप्रति सबैको अपनत्व हुने बताउनुभयो ।

संविधानको सफल कार्यान्वयनका लागि नै संशोधनको आवश्यकता परेकाले यसबारे नेकपा (एमाले) लगायत दलहरु सकारात्मक हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा पत्रकारको जिज्ञासामा पूर्वमन्त्री पोखरेलले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव चाँडै नै व्यवस्थापिका–संसद्मा दर्ता हुने जानकारी दिनुभयो । रासस