१९ कार्तिक २०८३, बिहिबार

लोकमानलाई प्रधानमन्त्री बनाउने भित्री सहमति : अध्यक्ष ठाकुर

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर
हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

काठमाडौं, २० असोज । हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले लोकमान कार्कीलाई प्रधानमन्त्री बनाउन ठूलो चलखेल सुरू भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अध्यक्ष ठाकुरले खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाए जस्तै लोकमानलाई पनि मुलुकको प्रधानमन्त्री सुम्पने तयारी गरेको बताएका हुन् । ‘लोकमान कार्कीले अब चुनावी सरकारको नेतृत्व गर्ने छन्’, उनले भनेका छन्, ‘केही ठूला नेताहरूले नेपालको राजनीतिमा बाहुबली स्वतन्त्र व्यक्तिको खोजी गरिरहेका छन् ।’

संघका अध्यक्ष ठाकुरले अहिलेकै अवस्थामा दलहरू मिलेर राजनीतिक निकास नदिए मुलुकले लोकमान कार्कीको नेतृत्वमा चुनाव ब्यहोर्ने पक्कापक्की रहेको उल्लेख गरे । यस विषयमा दलका नेताहरूवीच भित्री सहमति भएको उनको दाबी छ ।

मुलुकमा दलका नेताहरूको स्वार्थका कारण संविधान कार्यन्वयन नहुने अबस्था छर्लङ भईसकेको उनको भनाइ छ ।

मुलुकलाई हिन्दू राष्ट्र बनाउनु पर्छ भन्नेहरूको आवाज बलियो र संगठित रुपमा उठ्न थालेको बताएका संघका अध्यक्ष ठाकुरले भने, ‘हिन्दू राष्ट्रका पक्षमा अभियान चलाउने बेला आइ सक्यो ।’