३० आश्विन २०८३, शुक्रबार

संशोधनवाद र यथास्थितिवादको विकल्प माओवादी हो त ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tilak-malla-ji

नेपालमा स्वाधीनता र जनअधिकारका निम्ति धेरै आन्दोलन र युद्ध भए । उत्कर्षका रूपमा माओवादी जनयुद्ध अग्रभागमा रह्यो । माओवादी जनयुद्धका धेरै व्याख्याहरू छन् र सबैलाई थाहा पनि छ ।
यहाँ उल्लेख गर्न खोजिएको कुरा के छ भने माओवादी भन्ने शब्द मुक्ति स्वतन्त्रता, समानता, विभेदको अन्त्य र स्वाधीनताको शब्द हो । नेपाली जनताको बीचमा त झनै स्थापित र परिचित भैसकेको विषय हो । क’नै बेला देशको करिबकरिब ८५ प्रतिशत जनसमर्थनमा मौलाएको शक्ति हो । जनआकाङ्क्षाका दृष्टिकोणले पनि मुक्तिदाता, न्यायदाता, सही, सत्य, इमानदार, देशभक्त र नयाँ नेपालको पहलकर्ताका रूपमा स्थापित र लोकप्रिय शक्ति बनेको थियो ।

त्यही माओवादीलाई जनताले क्रान्ति र शन्ति दुबैमा साथ मात्र दिएनन्, नेपालको एक नम्बर शक्तिसमेत बनाए । तर आज माओवादी विचार, शक्ति र शब्दका वि?द्ध भीषण हमला भैरहेको छ । माओवादी कमजोर भएको देखिएको पनि छ । निश्चित रूपमा जनताको आकाङ्क्षा र सपना पूरा नगर्दाको परिणाम पनि हो तर

त्यति मात्र होइन, केही रूपमा सुनियोजित र योजनाबद्ध आक्रमण पनि भैरहेका छन् । माओवादी आन्दोलन र शक्ति कमजोर त अवश्य भएको छ तर बुझ्नैपर्नै कुरा के छ भने यो कमजोर भएर रहने शक्ति हैन । माओवादी भनेको नयाँ, जीवनशील, मुक्ति, स्वतन्त्रता, समानता, शान्ति र समृद्धिको अभियान हो । हो, नेपालमा माओवादीहरूबाटै यी विषयहरूमा घात भयो, जनआकाङ्क्षामा त’सारापात भयो र जनता निराशातिर गयो तर अर्को सत्य के छ भने माओवादीले फेरि विगतको समीक्षासहित अगाडि बढ्दैछ ।

विगतबाट पाठ सिकेर माओवादी मर्म, कर्म र उद्देश्यमा सङ्कल्पित भएर बढिसकेको छ । माओवादी आन्दोलन विघटनजस्तो, कमजोरजस्तो देखेर कतिपय मानिस खुसी भएका छन् र माओवादीको विकल्पमा परम्परागत, रूढिगत, दक्षिणपन्थी राजनीतिक पार्टी र शक्तिलाई उभ्याउने प्रयत्न गरिरहेका छन् । माओवादी कमजोरजस्तो देखिँदा कतिपय कुर्ता, सुरुवाल, लुङ्गी धेरै चम्किलो बनाएका छन् ।

मानौँ उनीहरू नेपालमा हैन, दिल्लीमा छन्, बम्बै र कलकत्तामा छन् । जो परम्परागत शक्ति जो जनताबाट विस्थापित भएका थिए र नेपाली जनतालाई आजको यो स्थितिमा ल्याउन भूमिका निर्वाह गरेका छन् । नेपाललाई सर्वाधिक रूपमा कमजोर बनाउने अन्तर्राष्ट्रिय रूपमा बेइज्जत हुने गरी राजनीतिक फोहोरी खेल खेल्ने, लुट, खसोट र विभेदका योजनाकारहरू जसले कानूनकै सहाराबाट, वैधानिक हस्ताक्षरबाट यहाँसम्म ल्याए ती विकल्प हुन सक्दैनन् र हुन दिनु पनि हुँदैन । फेरि उनको लुट, गुन्डागर्दी, भ्रष्टाचार, अन्याय, राष्ट्रघात, जनघात र देशलाई परनिर्भर एवम् कङ्गाल बनाउने बाटो जनतालाई स्वीकार्य हुनै सक्तैन ।

निश्चित रूपमा माओवादीले विगतबाट सिकेर अगाडि बढ्नैपर्छ । खुला छाती लिएर जनताको बीचमा जानुपर्छ । माओवादी फौजी शक्ति मात्र होइन, शान्ति र समृद्धिको वैज्ञानिक बाटो पनि हो । माओवादीलाई खिसिट्यरी गर्ने, हेप्ने र जनतालाई किच्दै हिँड्न थालेकाहरूले के ध्यान दिनुपर्छ भने माओवादी हार्ने, पछि हट्ने र कतै गएर लम्पसार पर्ने शक्ति हैन, यो त हार र जितका चालहरूबाट अगाडि बढ्ने र जनताको सपनामा आफ्नो जीवन देख्ने शक्ति हो । नेकपा (माओवादी) का महासचिव विप्लवको शब्दमा माओवादी भनेको आन्दोलन हो । माओवादी चिहानबाट उठेर आउँछ र आफ्नो सपना पूरा गर्छ ।

स्पष्ट के भन्न सकिन्छ भने माओवादीको विकल्प परम्परागत, रूढिग्रस्त, फेल भएका राजनीतिक शक्ति र फल भएको व्यवस्था हैन । नेपालका लागि माओवादीको विकल्प माओवादी नै हो जो उद्देश्यमा प्रतिबद्ध, विगतभन्दा माथि उठेको वर्तमान विश्वपरिस्थितिसमेतलाई बुझ्न र परिचालन गर्न सक्ने नयाँ माओवादी नै हो । जुन माओवादीले शान्ति र समृद्धिको खाका दिन सक्छ, जुन माओवादीले देश र जनताका लागि जस्तोसुकै चुनौतीको मुकाबिला गर्न तयार रहन्छ त्यो नै विकल्प बन्न सक्छ । स्पष्ट भन्न सकिन्छ, त्यसका लागि नेकपा (माओवादी) तयार भैसकेको छ ।

फेरि माओवादी केन्द्रीकृत र ध्रुवीकृत बन्दैछ । जनताका बीचमा विजयका आवाजहरू घन्काउँदैछ । त्यसका लागि माओवादीले नयाँ वैचारिक कार्यदिशा अगाडि सारेको छ । विगतमा माओवादीको विघटन र कमजोर बन्नुको कारण (समस्या) नै कार्यदिशामा थियो ।

विगतमा माओवादी नेताहरूले एउटा कार्यदिशाबाट चरण त पार गरे तर अर्को चरणमा गएर अलमलमा परे, अकर्मण्यतामा फसे, सारसङ्ग्रहमा रुमल्लिए र आन्दोलन नै क्षतविक्षत बनाए । माओवादीको समस्या नै नयाँ कार्यदिशा निर्माणको रह्यो । ठीक आज वर्तमान नेपाललाई हातमा लिन, जनताको जितमा रमाउन माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको छ । जनक्रान्तिको कार्यदिशाले वर्तमान नेपाल र विश्वको समेत व्याख्या, विश्लेषण र संश्लेषण गर्ने प्रयत्न गरेको छ ।

एकीकृत जनक्रान्तिको कार्यदिशालाई समृद्ध बनाउँदै माओवादीहरूलाई ध्रुवीकृत र केन्द्र्रीकृत गराउन जरुरी भएको छ र यसको सुरुआत पनि भैसकेको छ । केन्द्रीकृत, र एकताबद्ध माओवादीले मात्रै यो देशको विकल्प दिन सक्छ । स्पष्ट भन्न सकिन्छ नयाँ कार्यदिशासहित संशोधनवादी, यथास्थितिवादी, दक्षिणपन्थीको विकल्प नेकपा (माओवादी) नै हो ।