काठमाडौं, १९ असोज । राजधानीमा प्रहरीले एक युवकलाई नक्कली पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–२ राहदानी शाखा नारायणहिटीस्थित राहदानी बनाउन आएका काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने १९ वर्षीय कुशल लामिछानेलाई साथमा रहेको नक्कली पेस्तोल १ थानसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया