१९ कार्तिक २०८३, बिहिबार

दसैंको मुखमा प्रहरी टोलीमाथि आक्रमण, केही जवान घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

झापा, १९ असोज । झापामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी टोली माथि हातपात गर्ने दमक नगरपालिका–१४ बस्ने २९ बर्षीय बादल कार्की, तोपगाछी–५ बस्ने ३० बर्षीय कृष तामाङ र मोरङ उर्लाबारी–२ बस्ने २७ बर्षीय सुजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–११ स्थित होलिडे होटलमा भएको दशैको सास्कृतिक कार्यक्रममा डिउटीमा खटिई गएका प्रहरी कर्मचारीहरु कार्यक्रम समाप्त भएपछि कार्यालयमा फर्किने क्रममा मादक पदार्थ सेवन गरी साथी साथी बीच झगडा गरी रहेको उनीहरुलाई प्रहरीले सम्झाउने क्रममा उनीहरुले प्रहरी माथि नै हातपात गरेका थिए ।

घाइते प्रहरी कर्मचारीहरुलाई उपचारको लागि आम्दा अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।