१९ कार्तिक २०८३, बिहिबार

मधेसमा एमालेको कार्यक्रममा कार्यकर्ताको घुइँचो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-morang-1

मोरङ, १८ असोज । नेकपा एमालेकी केन्द्रिय सदस्य डा. शिवमाया तुम्बाहाम्फेले आगामी कार्तिकबाट सुरु हुने चार महिने जनपरिचालन अभियानमार्फत मधेशमा एमालेबिरुद्ध फैलाइएको भ्रम चिर्ने बताउनु भएको छ ।

नेकपा एमाले उर्लाबारी नगर कमिटिले आज नेपालीहरुको महान् चाडपर्वको अवसरमा आयोजना गरेको शूभकामना आदानप्रदान कार्यक्रममा तराई मधेशमा एमाले मधेशी जनताको विरोधी हो भन्ने भ्रम फैलाइएको बताउँदै उहाँले त्यसलाई जनतामाँझ स्पष्ट पार्दै पार्टी अब निर्वाचनमा होमिने बताउनुभयो ।

मुलुकको राजनितिको नेतृत्व एमालेले गरिरहेको बताउँदै केन्द्रिय सदस्य तुम्बाहाम्फेले गुटबन्दीको अन्त्य स्थानिय तहबाटै हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

uml-morang

कार्यक्रममा बोल्दै एमाले बैकल्पि केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ अध्यक्ष महेश रेग्मी, सांसद् एवम् जिल्ला सचिव ऋषिकेश पोख्रेल, एक नम्बर प्रदेश कमिटि सदस्य खेम नेपाली, जिल्ला उपसचिव विद्या चाम्लिङ, जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, क्षेत्रिय अध्यक्ष गंगाप्रसाद बाँस्तोला लगायतले शूभकामना मन्तव्य राख्दै गुट-उपगुटमा नलागी आगामी स्थानिय तहको निर्वाचनमा जित हासिल गर्ने गरी गतिविधिमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा नेकपा–माओवादी केन्द्रसहित बिभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी एमालेमा प्रबेश गरेका थिए । उहाँहरुलाई प्रमुख अतिथी तुम्बाहाम्फेले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रम स्थलमा एमालेका कार्यकर्ताहरुको भिड ठुलो थियो । कार्यक्रम हलभित्र नअटाएर कार्यकर्ताहरु हल बाहिर टेन्डमा बसेर समेत नेताहरुको भाषण सुनिरहेका थिए ।

कार्यक्रम एमाले उर्लाबारी नगर अध्यक्ष मनोरथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।