१९ कार्तिक २०८३, बिहिबार

पाँचथर प्रहरीले गर्यो रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pulic-m

– कृष्ण ओझा

पाँचथर, १८ असोज । जिल्ला प्रहरी कार्यालय पाँचथरले सोमबार रक्तदान गरेको छ ।

१६ औं प्रहरी स्थापना दिवशको अवसरमा दान गरेको हो । असोज २० गते प्रहरीदिवशको सन्र्दभमा रक्तदानको कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयको परीसरमा भएको कार्यक्रमा प्रहरी सायक निरीक्षक खडग गिरी लगायत २ प्रहरीहवदार र ३ प्रहरी जवान लगायत ६ जनाले रक्तदान गरेका हून । सोहीअवसरमा आन्तरीक ब्याडमिटन प्रतीयोगीता समेत गराइएको थियो ।

प्रतियोगीता असोज १६ गते देखि खेल संचालन भएको थियो । बिजयीहूनेहरुमा प्रहरी हवल्दार बिनोद थापा मगर र प्रहरी जवान चन्द्रहाङ लिम्बू पूरस्कृत हूने भएका छन । भने १९ गते फिदिमनगर सरसफाई गरीने र २० गते भब्य रुपमा प्रहरीदिवश मनाईने डिएसपी नकूल पोखरेलले बताए ।

चटयाङ लागेर एक बालकको मृत्यु

पाँचथर मेमेङ गाविस ८ का गजेन्द्र माङबोका ५ बर्षीय बालक सोमबार चटयाङ लागेर मृत्यू भएको छ । बालक घरमा खेल्दै गरेको अवस्थामा २ बजे तिर चटयाङलागेर घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मेमेङका टोलीले मूजूल्का बनाई शव पोष्टमार्टम गर्न पाँचथर जिल्लाअस्पतालमा ल्याउने कार्य भईरहेको छ । मृत बालक परीवारलाई दैविप्रकोप उद्धारकोषबाट क्षती पूर्तिपाउने समेत प्रहरी नायव उपरीक्षक नकूल पोखरेलले बताए ।