१९ कार्तिक २०८३, बिहिबार

सरकारले यात्रुलाई सुविधा नदिएको आरोप

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parliament-Building-of-Nepal

काठमाडौँ, १८ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले दसैँ तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गर्नुभएको छ ।

सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएको भन्दा बढी भाडा असुल गर्दा समेत प्रशासन मूकदर्शक बनेको उहाँहरुको आरोप थियो ।

उहाँहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायत घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । यसरी धारणा राख्नेमा भरतकुमार शाह, योगेन्द्र तामाङ लगायत हुनुहुन्थ्यो । रासस