गुल्मी, १८ असोज । श्रीमानको दुबै मृगौला फेलभएर मृत्यु भएपछि बिचल्लीमा परेकी महिलाको घर बन्ने भएको छ । गुल्मी केयर विश्व सञ्जालले घर निर्माण गर्न सिलान्य गरेको छ ।
रोजगारीको शिलसिलामा बिदेशमा रहेका श्रीमानको मृगौला फेल भएर उपचारका क्रममा मृत्यु भएपछि बिचल्ली परेकी गुल्मी बलेटक्सार– ४ निवासी गीत बिकलाई घर निर्माण हुन लागेको हो ।
गीतालाई श्रीमानको मृत्युपछि खाना र बस्नको लागि घर लगायतका समस्या भएको खबर सार्बजनिक भएपछि गुल्मी केयर विश्व संजालले घर निर्माण गर्ने अभियान चलाएको थियो ।
स्थानीय विद्यालयले दिएको सर्वजनिक जग्गामा सानो झुपडीमा बस्दै आएको बिक परिवारलाई संजालले २ लाखभन्दा बढीको घर बनाइदिनेछ ।
बिदेशका बिभिन्न स्थानमा रहेका नेपालीहरूसंग आर्थ संलन गरेर गीत विकलाई घर निर्माण गर्ने लागिएको सञ्जालका कोषाध्यक्ष सागर कार्कीले जानकारी दिए ।
घर निर्माण गर्न गुल्मीको केयर बिश्व संजालका उपाध्यक्ष बिद्या कार्कीको नेतृत्वमा एक दिन बराबरको जनश्रमदान पनि गरिएको छ । उनीहरूले घर बनाउनको लागि जग्गा सम्माउने काम गरेका थिए ।
श्रमदानमा संजालका कोषाध्यक्ष सागर कार्की, राधिकार कुँवर, अमित कुँवर, पिताम्बर पाण्डेय, राजन केसी, खिमान्द भण्डारी, खिम थापा, किशोर कार्कीलगायतका सदस्य एवं प्रतिनिधहरूले दिनभर श्रमदान गरेको संजालकी उपाध्यक्ष बिद्या कार्कीले जानकारी दिइन् ।
घर निर्माणमा स्थानीय नौलो बिहानी आमा समूहले समेत सहयोग गरेको थियो ।
स्थानीय ताराबहादुर रानाले २ लाख ८ हजारमा घर बनाउन ठेक्का पाएका छन् । गीतालाई कम्तिमा १ महिनाभित्र तयारी घर दिने सहमति भएको छ ।













प्रतिक्रिया