काठमाडौं, १७ असोज । तोकिएको भन्दा बढी भाडा लिने सवारीबाट प्रहरीले यात्रुलाई पैसा फिर्ता गर्न लगाएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं चावहिल चोकमा ओखलढुङ्गा, खुर्कोट, सोलुखुम्बु, खोटाङ र काँकडभित्ता जाने टाटासुमो तथा हायस गाडीले प्रति टिकटमा १ सय, २ सय र ४ सय रुपैयाँसम्म बढी भाडा लिएको पाइएपछि बढी भाडा लिने ६८ वटा टाटासुमोबाट सोमबार प्रहरीले पैसा फिर्ता गराएको हो ।
बढी भाडा लिने सवारीबाट प्रहरीले जरिवाना पनि असुलेको छ ।













प्रतिक्रिया