१९ कार्तिक २०८३, बिहिबार

दसैंमा एनसेलको बिभिन्न उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncell

– अनिल खत्री

गुल्मी, १७ असोज । हिन्दुहरुको महान पर्व बिजय दसमीको अबसर पारेर एनसेल नेपालले बिभिन्न उपहार योजना ल्याएको छ ।

वडादसैको अबसर पारेर एनसेलले सिम खरिद गर्दा बिभिन्न उपहार योजनाहरु ल्याएको हो । उपहार योजना अन्र्तगत गुल्मीमा पनि एनसेलको सिम खरिद गर्दा रु १ सयमा २ वटा सिमकार्ड र साथमा एनसेल डाइरी, डटपेन, टिसट, किरिङ्ग, एनसेल लोगो अंकित बोतल लगायतका उपहार सामाग्री बितरण गरिरहेको गुल्मीका लागी अधिकृत बिक्रेता योरच्वाइस टेलिकम गुल्मी प्रबन्धक जनक पन्थले जानकारी दिनुभयो ।

एनसेलले राखेको उपहार योजना अन्र्तगत तम्घास सहित जिल्लाका बिभिन्न स्थानमा राखिएको स्टलबाट यो सेवा लिन सकिने बिक्रेता पन्थले जानकारी दिनुभयो । उपहार योजना वडादसैको पूर्णिमा सम्म रहने छ ।