काठमाडौं, १७ असोज । एमालेका सचिव योगेश भट्टराईले एमालेसंग छलफल नगरी दर्ता हुने संविधान संशोधनको बिधेयक स्वीकार्य नहुने बताएका छन् ।
आइतबार ललितपुरमा प्रेस चौतारी नेपाल ललितपुर जिल्ला समितिको चौथो जिल्ला सम्मेलनको उदघाटन गर्दै चौतारीका इन्चार्ज समेत रहेका सचिव भट्टराईले यस्तो बताएका हुन् ।
सत्तारुढ दलले संबिधान संशोधन गर्ने हल्ला मात्रै गरेर एमालेलाई बिरोधी पार्टीको रुपमा देखाउँन खोजेको चर्चा गर्दै संबिधान संशोधनको आवश्यक्ता पुष्टि गर्न उनले आग्रह गरे ।
संबिधान संशोधन गर्ने सम्झौता गरेर कांग्रेस र माओवादीले मधेसी मोर्चालाई झुक्याउँन खोजेको उनले बताए ।
‘संबिधान संशोधनका विषयमा हिमत छ भने पहिला आफ्नो पार्टीको केन्द्रीय कमिटीमा छलफल गरी निर्णय गर्नुपर्छ, अनि संशोधन बिधेयक दर्ता गर्नुस्’ सचिव भट्टराईले भने, ‘बिधेयक दर्ता नै नगरी एमालेलाई बिरोधी भन्ने, पहिला संबिधान संशोधनको औचित्य पुष्टि गर्नुस एमालेसंग छलफल गर्नुपर्यो आवश्यक्ताको आधारमा एमाले निर्णय गर्छ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुर्य थापा, प्रचार बिभागका सचिव बिष्णु रिजाल, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका सहभागिहरुले सञ्चारकर्मीलाई संबिधान कार्यान्वयनका लागि कलम चलाउँनुपर्ने सुझाव व्यक्त गरेका थिए ।
प्रेस चौतारी ललितपुरमा आचार्य
प्रेस चौतारी ललितपुरको चौथो जिल्ला अधिवेशनले डिल्ली आचार्यको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बालमुकुन्द आचार्य र सचिवमा घनश्याम धमला सहसचिवमा जी.वी. लामा र कोषाध्यक्षमा सविन शर्मा चयन भएका छन् ।
सदस्यमा नवराज सञ्जेल, ईश्वर महर्जन, विपना श्रेष्ठ र पुरुषोत्तम बस्नेत, अञ्जली शाक्य, हरिशरण तिमल्सिना, शान्ति घिमिरे र नवीन लुइँटेललाई अधिवेशनले सर्वसम्मत निर्बाचित गरेको छ ।
हाल १३ जनाको कार्यसमिति रहेकोमा दुई जना मनोनीत गरेर १५ सदस्यीय बनाइने प्रेस चौतारी नेपालका सचिव अमृतनाथ तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा प्रेस चौतारी ललितपुरले स्थापना गरेको तुलसीलाल स्मृति पत्रकारिता पुरस्कार पत्रकार माधव पौडेललाइ प्रदान गरिएको थियो ।
चौतारी ललितपुर स्थापना कालका सदस्यहरु स्वयंभुराम ढंगोल, रामकृष्ण हुमागाइ, सन्जय न्यौपाने र वद्री सञ्जेललाइ सम्मानित गरिएको थियो ।












प्रतिक्रिया