– नरेश केसी
भैरहवा, १६ असोज । सुरक्षाको दृष्टिले अति नै महत्वपूर्ण मानिने सीमावर्ति जिल्ला रुपन्देहीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिदै रुपन्देही प्रहरीले नयां सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।
रुपन्देही प्रहरीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा रुपन्देही प्रहरी प्रमुख एस पी बुद्धिराज गुरुंगले जनसहभागीतामा आधारित शान्ति सुरक्षा योजना शुरु गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी गुरुंगले भने– “एक वर्षको रुपन्देही बसाईको क्रममा यहांको अपराधलाई मिहीन ढंगले बुझ्ने कोसीस गरेको छु । अब चाडपर्वको बेला हुन सक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरीको नयां सुरक्षा योजना महत्वपुर्ण बन्छ भन्ने मेरो विश्वास छ ।”
प्रहरीले केही दिनदेखी रुपन्देहीको आकाशमा रातीको समयमा देखिएका लाइटको विषयमा गम्भिर भएर अनुसन्धान गरिएको जनाउदैं कसैले पनि सर्वसाधरणमा त्रास सृजना गर्नेगरी लाइट प्रयोग गरेको पाईएमा कडा कारबाहि गर्ने जनाउदैं बुटवलको होटल डारसीसले प्रयोग गरेको लाइट बन्द गरिएको पनि जानकारी दिए ।
सोही अवसरमा जिल्लाका प्रहरी कार्यलयका प्रवक्ता समेत रहेका डिएसपी बेल बहादुर पाण्डेले चाडपर्वको नाममा कुनै पनि प्रहरी कर्मचारीले अनाधिकृत रुपमा रकम असुल्ने, सर्वसाधरणलाई दुखः दिने गरेको पाएमा तत्काल खबर गर्न सबैमा आग्रह गरे । डिएसपी पाण्डेले भने “हामीले जिल्लाका ७९ युनिट मार्फत हजारौं प्रहरी कर्मचारीको अधिकत्तम प्रयोग गरी दशै तिहार छठमा हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष प्रहरी रणनीति अगाडी सारिएको हो । सो क्रममा कुनै पनि प्रहरी कर्मचारीले सर्वसाधरणलाई दुख दिने नियतले काम गरेको देखिन्छ भने तत्काल खबर गर्नुस हामी तत्काल कारबाहि गर्छौ ”

प्रहरीले कुनैपनि घटनाको रेस्पोन्स शहरी ईलाकाममा ५ मिनेट र ग्रामिण इलाकामा १५ मिनेट भित्र पुराउने पनि दाबी गरेको छ । यसैगरी जुवातास र मदिरा रहित पर्व बनाउन विशेष योजना चालिने पनि जनाएको छ । पर्वलाई मध्यनजर गरी कुनैपनि प्रहरी कर्मचारीलाई विदा नदिने र सुरक्षाका अन्य निकायसंगको सहकार्यमा २४ औ घन्टा रुपन्देहीमा सुरक्षा व्यवस्था मजबुत पार्ने पनि प्रहरीको योजना छ । यसैगरी प्रहरीले अपराध अनुसन्धानकोलागी ५ वटा टोली स्टान्डबाई राख्ने, मुख्य जिल्लाभरी ४२ वटा पीकेट टोली राख्ने, २१ वटा मुख्य चेकिंग प्वाइन्ट राख्ने, आर सीसी, भिगरस र सरप्राइज चेकिंग गर्ने प्रहरीको योजना छ ।
बैंक, वित्तिय संस्था,सुनचादी पसल र विशीष्ट व्यक्तिको निवास र आवगमनमा सुरक्षा कडाई गरिने पनि प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाभरी १९ वटा मोटरसाइकल गस्ती, १७ वटा मोबाइल गाडी, १२ वटा राजमार्ग गस्ती, ५ वटा सार्वजनिक यातयातमा हतियार सहित गस्ती खटाउने पनि जनाएको छ । सार्वजनिक यातयातमा प्रत्येक युनिटले अर्को युनिट सम्म हतियार सहितको प्रहरी सुरक्षा पालैपालो गर्ने व्यवस्था पनि गरेको दाबी गरेको छ ।
प्रहरीले होटल तथा लजहरुमा ५ वटा सीभिल टोली नियमित चेंकजाचकोलागी खटाएको छ भने खबर संकलनकोलागी ५ वटा टोली सादा पोशाकमा पनि खटाएको छ । विगतका वर्षमा सादा पोशामा खटिने प्रहरीकै कारण विवादमा आउने गरेको रुपन्देही प्रहरीले पुनः सादा पोशाकका प्रहरी खटाएको देखिन्छ ।













प्रतिक्रिया