काठमाडौं, १६ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले नवरात्रीको दोस्रो दिन आइतबार काठमाडौंको बसन्तपुरमा रहेको पचली भैरव र गणेश मन्दिर पुगेर पूजा गरेका छन् ।
आफ्नो समर्थनमा शुभेच्छुकको भीड देखेपछि खुसी भएका पूर्वराजा शाहले पचली भैरव र गणेश मन्दिरमा एक घण्टा लगाएर पुजा गरेका थिए । उनका समर्थक तथा सर्वसाधारणको भीडले गर्दा बसन्तपुर क्षेत्रमा प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन धौ धौ परेको थियो ।
पूजापछि सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा शाहले देशमा शान्ति र स्थिरता होस् तथा सबै देशवासीका मनमा खुसी छाओस् भनेर प्रार्थना गरेको बताए ।
पूर्वराजा शाहले दशैंभर शक्तिपिठहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको उनका सहयोगीहरुले बताएका छन् ।













प्रतिक्रिया