१९ कार्तिक २०८३, बिहिबार

डा.शेखर कोइरालाको टिप्पणीले देउवालाई यसरी लाग्यो ठूलो धक्का

16.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shekhar-koirala-congressकाठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्तरिक गुटबन्दीले सिंगो पार्टी अत्यन्तै कमजोर बनेको टिप्पणी गर्नुभएको छ ।

चितवनको दारेचोक कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा.कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य नभए त्यसले कांग्रेसलाई दीर्घकालसम्म असर पुग्ने बताउनुभयो ।

‘कांग्रेसभित्रको आन्तरिक गुटबन्दीले पार्टी नै कमजोर बन्दै आएको छ’, उहाँले भन्नुभयो, ‘बास्तविक कांग्रेस खोज्न म गाउँगाउँ आएको छु । तपाईहरू नै हो बास्तविक कांग्रेस । गुटबन्दी नगर्न तपाईहरूले दबाब दिनु पर्छ ।’

गुटबन्दीको राजनीतिले ईमान्दार कार्यकर्ताको स्वाभिमानमा आँच आएको डा.कोइरालाको भनाइ थियो । १३औं महाधिवेशनपछि पार्टीभित्र गुटबन्दी संस्थागत बनेर गएको उहाँले उल्लेख गर्नुभयो । ‘महाधिवेशनपछि कांग्रेसभित्र झन् गुटबन्दी मौलाएको छ’, उहाँले भन्नुभयो, ‘यसप्रति म अत्यन्तै दुःखी भएको छु ।’

सभापतिमा शेरबहादुर देउवाले जितेपछि गुटको राजनीति मौलाएको उहाँको संकेत थियो । डा.कोइरालाको भनाइले देउवालाई ठूलो झट्का भएको छ ।

गुटको राजनीतिकै कारण पार्टीभित्र सच्चा कांग्रेस कार्यकर्ता को हो भनेर खोज्नु पर्ने बेला भएको उहाँको भनाइ थियो ।

‘गुटबन्दीमा रमाउँने नेताहरूले कुनै कार्यकर्तालाई केही गर्नेवाला छैनन् र पार्टीलाई पनि फाइदा हुँदैन’, नेता डा.कोइरालाले भन्नुभयो, ‘तपाइहरू गुटबन्दीको पछाडि नलागनुस् ।’