१९ कार्तिक २०८३, बिहिबार

निर्माण व्यवसायी बस्नेत सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhakta-basnet

काठमाडौं, १६ असोज । काठमाडौं निर्माण व्यवसायी संघद्वारा भक्तबहादुर बस्नेत सम्मानित भएका छन् ।

आइतबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान नथा अन्तरक्रिया कार्यक्रममा निर्माण कार्यमा योगदान पुर्याएबापत संघका सदस्य बस्नेत सम्मानित भएका हुन् ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सरदकुमार गौचनले सार्वजनिक खरिद ऐन लामो समयसम्म सार्वजनिक नभएको उल्लेख गर्दै त्यस्लाई सरकारले छिट्टै सार्वजनिक गर्नुपर्ने बताए । उनले निर्माण सामाग्रीमा भएको मूल्यबृद्धिअनुसार माग दररेटमा समावेश गरिनुपर्ने, निर्माण कार्यमा भएको अवरोधलाई तत्काल समाधान गर्नुपर्ने लगायतका माग राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विषेश आयोजना पनि अगाडी सारिएको छ । संघ र कान्तिपुर हस्पीटलबीच सुलभ मूल्यमा उपचार गराउनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष बालकृष्ण थापाले साना निर्माण व्यवसायीहरुको समस्यालाई पनि समाधान गर्दै लैजानुपर्ने बताए ।

शुभकामना आदन प्रदान कार्यक्रममा संघका महासचिव शान्तकुमार श्रेष्ठ श्रेष्ठले वार्षिक गतिविधिको वारेमा जानकारी दिएका थिए । उनले दुई करोडसम्मको निर्माण कार्यको हकमा कुनै पनि योग्यता नचाहिने भनिए पनि त्यो लागु हुन नसकेकोमा दुःख व्यक्त गरे ।

एउटा ठेक्काबाट एक इक्वीप्मेन्ट, एक मेनपावर प्रयोग गर्न पाउने भनिएको भए पनि साना निर्माण व्यवसायीहरुले यस्ता इक्वीपमेन्ट र मेनपावर खरिद गर्न नसकिने बताए । उनले विदेशी निर्माण व्यवसायीहरुलाई ६० करोडको काम मात्र उपलब्ध गराउने भनिएकोमा त्यसलाई ठूला व्यवसायीहरले चलखेल गरी एक अर्व रुपैयाँ पुर्याएको बताए ।

०७३–७४ मा श्रमिकतर्फ १० प्रतिशत र निर्माण सामाग्रीतर्फ ३ प्रतिशत मूल्यबृद्धि गरेकोमा साना व्यवसायी असन्तुष्ट रहेको उनको गुनासो छ । उक्त निर्माण सामाग्रीको वैज्ञानिक प्रणाली अपनाई निर्माण सामाग्रीको यथोचित मूल्य निर्धारण गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा काठमाडौं निर्माण व्यवसायी संघका करिव चार सय जना सहभागी भएका थिए । संघमा २२ सयभन्दा बढी निर्माण व्यवसायीहरु आबद्ध छन् ।