१९ कार्तिक २०८३, बिहिबार

पर्वतमा युवासंघको प्रशिक्षणः दुई दर्जन युवा एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat-yaan

पर्वत, १६ असोज । युवा संघ नेपाल वडा कमिटि कु.न.पा. १,२,३ पाङ पर्वतको आयोजनामा आज कु.न.पा. ३ पाङमा शुभकामना आदान प्रदान तथा युवा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटि पर्वतका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कु.न.पा. १,२,३ पाङ पर्वतका करिव १०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी २२ जना युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले देशमो परिवर्तित परिवेशमा युवाको भूमिकाको बिषयमा प्रकास पारेका थिए । उक्त कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटि पर्वतका अध्यक्ष पदम गिरीले परिर्वतन समयमा दशै पर्वलाई युवाहरुले सकारात्मक सोच अभिबृद्धि गर्ने पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए । अध्यक्ष गिरीले सकारात्मक चिन्तनबाट सृजनशिल कार्यको शुरुवात हुने बताउदै युवा वर्गलाई सृजनशिल र उत्पादनमुखी कार्यमा लाग्न सुझाब समेत दिएका थिए ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटि पर्वतका सदस्यहरु शेषराज रेग्मी, राम प्रसाद रिजाल, पूर्व जिल्ला कमिटि सदस्य देवेन्द्र प्रसाद सुवेदी, त्यस्तै नगर कमीटी सदस्यहरु इन्द्र प्रसाद शर्मा तथा छविलाल पौड्याल, वडा कमिटि कुनपा १ का अध्यक्ष हरिकृष्ण सुवेदीले युवाहरुको भूमिका र दशै पर्वकोम महत्वका विषयमा मन्तब्य राखेका थिए ।

कार्यक्रममा वडा कमिटि कु.न.पा. २ का अध्यक्ष शंकर प्रसाद रिजाल, वडा कमिटि कु.न.पा. ३ का अध्यक्ष केदार नाथ पौड्याल, युवा संघ जिल्ला कमिटि सदस्य ढाकाराम पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम प्रसाद शर्मा रेग्मी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । युवा संघ नेपाल वडा कमिटी कु.न.पा १ का अध्यक्ष प्रेम ब. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन युवा संघ नगर कमिटि सचिव दिनेश पौडेलले गरेका थिए ।