१९ कार्तिक २०८३, बिहिबार

नेपाल-चीन बस तत्काल सञ्चालन गर्न युवा संघको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari-1

काठमाडौं, १६ असोज । युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले मुलुकको सडकको स्तरलाई तत्काल सुधार गर्नुपर्ने बताउनु भएको छ ।

आइतबार राजधानीमा जगदम्बा ट्राभल्सद्वारा काठमाडौं–पोखरा भीआइपी २६ सिटे पर्यटकीय बस सेवाको सुभारम्भ कार्यक्रममा उहाँले देशको पर्यटकीय स्थानहरुमा सुबिधा सम्पन्न सेवा भएका सवारी साधनको माग उच्च रहेको बताउनुभयो ।

त्यस्तै उहाँले व्यवसायीलाई अब नेपाल–दिल्ली मात्र हैन नेपाल चीन बस सेवा तत्काल सुरु गर्न समेत आग्रह गर्नुभयो । त्यस्तै उहाँले सवारी भित्रिने बेला लिने कर राज्यले सडकको स्तरोन्तीमा खर्च गर्नुपर्ने समेत बताउनुभयो ।

उहाँले युवा संघ नेपाल चक्काजाम लगायतका गतिविधिको बिरोधि भएको हुँदा आफूहरुले करिब एक बर्ष अगाडी नै अबका बिरोधका शैलीहरु परिवर्तन गरेको जानकारी गराउनुभयो ।

rajib-pahari

उहाँले भारतीय नाकाबन्दीले देशको अर्थतन्त्रमा ठूलो असर पुर्याएको र अब आत्मनिर्भरको बाटो अबलम्बन गर्नुको विकल्प छैन भन्नुभयो ।

अहिलेका देशका रक्षक नै भक्षक भएको र हुलाकी राजमार्ग फास्ट ट्रयाक लगायत परियोजनामा भारतीय चासोतर्फ संकेत गर्दै अध्यक्ष पहारीले नेपालीहरु सक्षम छन्, अरुलाई गुहार्नु राजनीतिक चाप्लुसिपन भएको बताउनुभयो ।

आजबाट सेवा प्रारम्भ गरेको बस सेवामा अटरिया रेस्टुरेन्ट, परिचारिका लगायत थ्री स्टार होटल सरह सुबिधा रहेको जानकारी गराइएको छ ।

कार्यक्रममा प्रहरी उच्च अधिकृतहरु यातायात व्यवसायी विभिन्न दल सम्बद नेताहरुको उपस्थिति रहेको थियो ।