बर्दिया, १६ असोज । बर्दियामा एक वृद्धले आफ्नै बुहारीको हत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका हुन् । आफ्नै ससुराले मसला पिस्ने लोहोरोले टाउकोमा हान्दा पाताभार–८ बस्ने ४१ बर्षीया मनसरा ढकालको मृत्यु भएको छ ।
उनलाई शनिबार ५५ बर्षीय ससुुरा जहले ढकालले घरायसी बिबादमा लोहोरोले टाउकोमा हान्दा गम्भीर घाइते भएकोले उपचारको लागी नर्सिङ होम नेपालगंज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
फरार जहले ढकालको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया