– कृष्ण ओझा
पाँचथर, १४ असोज । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बैदेशिक रोजगारीका विद्यमान समसयाहरुलाई हल गर्ने बताएका छन् ।
बिहीबार फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री गुरुङले वैदेशिक रोजगारीका बेथिति हटाउँन आफू गम्भिर रहेको बताए ।
अहिले राज्यसँग विदेशमा रहेका नेपालीहरुको सहि तथ्याङ्क नभएको र उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउँन समेत नसकिएको स्वीकार्दै मन्त्री गुरुङले यो समस्याको अन्त्यका लागि आफू लागिपरेको बताए । म्यानपावरहरुले कानून विपरित दोस्रो मुलुक हुँदै कामदार पठाउँने गरेकाले सहि तथ्याङ्क संकलन चुनौतिपूर्ण बनेको उनको भनाई थियो ।
सोही अवसरमा मन्त्री गुरुङले संविधान कार्यान्वयनका लागि सबैजना एकजुट हुन समेत आग्रह गरे । अहिले संघर्षरत पक्ष समेत लचिलो बनेर प्रस्तुत भइरहेकाले अधिकतम सहमति जुटाएर संविधान कार्यान्वयन गर्नुपर्ने उनको धारणा थियो । गृह जिल्ला ताप्लेजुङ जाने क्रममा मन्त्री गुरुङ पाँचथर निस्किएका हुन् ।
मन्त्री गुरुङलाई नेपाली काग्रेस पार्टी कार्यालयमा जिल्ला सभापति यूवा नेता नरेन्द्र कूमार केरुङको सभापतित्वमा कार्यकर्तासँग स्वागत तथा शुभकामना आदान गराइएको थियो ।













प्रतिक्रिया