१ कार्तिक २०८३, शनिबार

मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा सहितको ‘एप’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

connect-to-nepalवाशिडटन डिसी । अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थी राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर मोबाइलमा सोझै रिचार्ज पैसा हाल्न सक्ने बनाएका छन् ।

श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी)मा अध्ययनरत छन् ।

हालै सार्बजनिक गरेको उक्त एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबैबाट प्रयोग गर्न सकिने छ ।

कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोर बाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यस्को प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने छन् ।

यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयास पछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी)को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन ।

एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।

यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ ।

नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ ।

डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।

यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।