१९ कार्तिक २०८३, बिहिबार

को हुन् महर्जन ? ललितपुरमा के–के गरे ?

40.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meenkrishna-maharjanललितपुर, १३ असोज । नेपाली कांग्रेसका युवा नेता एवम् तरूण दलका पूर्व केन्द्रीय सदस्य मीनकृष्ण महर्जनले गृह जिल्लाका विकास योजनाहरू कार्यान्वयनका लागि दबाब सृजना गरेका छन् । उनले जिविसबाट सञ्चालन भएका बजेट कार्यान्वयनमा चासो दिने गरेको कांग्रेस नेताहरूले बताएका छन् ।

विभिन्न गाविस नगरपालिकाका सडक बिस्तार, मठ मन्दिर, खानेपानी तथा ऐतिहासिक स्थलहरू तथा बेरोजगारी युवाहरूलाई रोजगारी दिने लगायतका कार्यमा महर्जन व्यस्त रहने गरेका हुन् ।

नेता महर्जनले लगभग ७० लाख लागतमा साविक चापागाँउ गाविस तथा हाल बज्रबराही नगरपालिकाको तीनसय वर्षभन्दा पुरानो श्री चन्द्रा भैरव मन्दिर र सो स्थानमा अवस्थित ईखा पोखरी ऐतिहासिक मन्दिर श्रीमार्इ ब्रजवाराही मन्दिर जाने बाटो फराकिलो तथा कालोपत्र गर्न महर्जनले सक्रियता देखाएका छन् ।

नेता महर्जनले लेलेस्थित रहेको पुरातात्त्विक महत्त्व बोकेको श्री सरस्वती मन्दिर, देवी चौर गाविसको महादेव मन्दिर र बुखेल गाविसको कृण्ण मन्दिर संरक्षण र स्थापनामा पनि सक्रियता देखाएका छन् ।

उपत्यकासंग जोडिएको ललितपुर क्षेत्र १ मा अहिलेसम्म केही गाविसमा मोटरबाटो पुगेको छैन । दोस्रो कर्णालीको रूपमा लिने गरेको उक्त क्षेत्रमा महर्जनले मोटरबाटो, खानेपानी विजुलि बत्ती लगायत गरिब तथा विपन्न परिवारलाई रोजगारी दिन लागि परेका छन् ।

सो क्षेत्रका २०० भन्दा बढीलाई सरकारी र प्राइभेट संघसंस्थामा उनले रोजगारी दिलाई सकेका छन् ।

महर्जनले आफू राष्ट्रिय परिषदको कोषाध्यक्ष हुँदा ललितपुरका विभिन्न गाविसको क्लबहरूमा ५० हजारदेखि ३ लाखसम्म बजेट विनियोजन गराएको कांग्रेसी नेताहरू बताउँछन् ।

उक्त गाविस अन्तर्गत क्लबहरूमा भलिबल ब्याडमिन्टन टेबुलटेनिस लगायत ५० लाखभन्दा बढी खेलकुद सामाग्री पनि उनले उपलब्ध गराएका पनि छन् ।

महर्जन नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा ललितपुर जिल्लामा सबैभन्दा बढी मतका साथ महासमिति सदस्य निर्वाचित भएका थिए ।

०६२–६३ को जनआन्दोलनमा तरूण दलको उपत्यका इन्चार्ज भई सफलता पूर्वक जिम्मेवारी निभाएका उनीसँग शीर्ष नेताहरू प्रभावित छन् ।

महर्जन अहिले यहि कात्तिक २७, २८ र २९ गते पर्यटकीय नगरी पोखरामा हुन लागेको तरूण दलको चौथो महाधिवेशनको लागि अध्यक्षको तयारी तीव्र रूपमा गरिरहेका छन् ।

कांग्रेसका प्रभावशाली नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्का, रक्षामन्त्री बालकृष्ण खाँड र वनमन्त्री शंकर भण्डारी निकट मानिन्छन्, महर्जन ।

२०६४ सालमा पहिलो संविधानसभाको चुनाव र दोस्रो संविधानसभाको चुनावमा टिकटको लागि क्षेत्र र जिल्ला कार्यसमितिबाट सिफारिस भएपनि ४० र ६० को भागबन्डाले गर्दा टिकट पाउनबाट उनी बञ्चित भएका थिए ।

महर्जन आफ्नो क्षेत्रमा बलियो जनआधार भएका व्यक्तिका रुपमा रहेको स्थानीय कांग्रेस नेताहरूको भनाइ छ । उनलाई बज्रवाराही नगर सभापति सुरज श्रेष्ठ, तरूण दलका क्षेत्रीय अध्यक्ष कमल तामाङ र नेविसंघ जिल्ला सभापति मधुरा शर्मालगायत पनि समर्थन गर्दै आएका छन् ।