१ कार्तिक २०८३, शनिबार

डिसीमा यसरी मनाइयो राष्ट्रिय दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dc-usa

– विजय थापा

वाशिंगटन डीसी । नेपाली राजदूतावासद्वारा आयोजित पहिलो संविधान दिवसको अवसरमा आयोजित राष्ट्रिय दिवस वाशिंगटन डीसीमा गत सेप्टेम्बर २८ तारिख ऐतिहासिक रुपमा सम्पन्न भयो ।

लामो समयको प्रतिक्षा पछि नेपाली जनताले पाएको विश्व कै उत्कृष्ठ नया संबिधानलाई समर्थन जनाउदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय, बिदेशी अतिथि, कुटनैतिक विशेष व्यक्तित्वहरुले खचाखच भिड रहेको उक्त नेपाल दिवस सफलता पुर्वक सम्पन्न भएको छ ।

dc-usa-3

राष्ट्रिय दिवसमा राजदूत अर्जुन कुमार कार्कीले राष्ट्रिय दिवसको उपलक्ष्यमा हर्ष व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । गतबर्ष नेपालमा गएको भूकम्पलाई अन्तरर्राष्ट्रिय अद्वितीय सहयोगको लागि नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए ।

राजदूत कार्कीले हामी पुनर्निर्माणमा लागि परेका छौ भन्दै हामी अझ बलियो बन्दै जाने छौ भनि मन्तब्य राखेका थिए ।

कार्यक्रममा अमेरिकाको राज्य बिभागका प्रतिनिधिले मन्तब्य राखेका थिए भने डीसी का नगर प्रमुखले संदेश दिएका थिए । यसै गरि पढेर डिस्ट्रिक अफ कोलम्बिया बिश्व बिद्यालयका सभापति तथा नेपाल परराष्ट्र मन्त्री प्रकाश शरण महतले मन्तब्य राखेका थिए ।

dc-usa-2

महतले बिदेशी तथा नेपाली समुदायको लागि अंग्रेजी तथा नेपाली दुबैमा मन्तब्य राख्दै संबिधान दिवसको उपलक्ष्यमा नेपाल दिवस भनेर मनाएका हौ भनि बताए । महतले नेपालको नया संबिधानले नेपाली जनताका मौलिक अधिकार, समानता, सहभागितालाई प्रत्याभूति गरेको छ भन्दै महिलाहरुको हक र अधिकार को सवालमा नेपालमा प्रधानन्यायाधिस, राष्ट्रपति तथा सभामुखमा जस्ता पदमा महिलाको प्रतिनिधित्व रहेको जानकारी गराएका थिए ।

महतले नेपाल तथा अमेरिकाको कुटनैतिक सम्बन्ध बारेमा चर्चा समेत गरेका थिए । कार्यक्रममा संसद मोहन बहादुर बस्नेतले पनि छोटो मन्तब्य राखेका थिए ।

dc-usa-1

अमेरिका तथा नेपालको राष्ट्रिय गीतबाट कार्यक्रमको उद्घाटन गरिएको भने कार्यक्रममा नेपाली राजदुतावास, विभिन्न जिम्मेबारीमा रहेका कर्मचारीहरु, विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, नेपाली व्यवसायीहरु, विभिन्न पेशाका ब्यक्तिहरु तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली संस्कृति झल्काउने प्रकारका नृत्यहरुमा कुमारी नृत्य, धिमे नृत्य, मधेसी नृत्य तथा परम्परागत नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो ।