१९ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा दुई टाउको भएको शिशु जन्मियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

double-head-1– हरि अधिकारी

कपिलवस्तु, १३ असोज । कपिलवस्तुमा एक महिलाले दुई टाउको भएको एक शिशुको जन्म दिएकी छन् ।

जिल्लाको गणेशपुर ८, दत्तपुरका जाबेद पठानकी श्रीमती ३५ वर्षीय सुबिया पठानले जन्माएको बच्चामा २ ओटा टाउको रहेको छ ।

बुधबार विहान ६ बजे जन्मेको शिशुको दुई ओटा टाउका छन् । एउटा सानो छ र अर्को त्योभन्दा अलि ठूलो छ । सानो टाउकोमा आँखा, नाक, कान, मुख पूर्ण रुपमा विकास भएको छ तर ठूलो टाउकोमा आकृति मात्र बनेको छ ।

ती महिलाले चौथो शिशुको रुपमा जन्मेको बच्चाको दुई टाउका भएको छोरीको जन्म दिएकी हुन् । शिशु स्वस्थ रहेको र दुध समेत खाने गरेको स्थानीय दिनेश चौधरीले जानकारी दिनुभयो ।

बच्चाको आमा शारीरिक रुपमा निकै कमजोर भइसकेको साथै दुई तीन घण्टामा बेहोस् हुँदै आएको श्रीमान् जाबेद पठानले बताउनुभयो । उपचार गर्न आर्थिक अभावले घरमै राखिएको उहाँले बताउनुभयो ।