
काठमाडौं, १३ असोज । फलफुल तथा तरकारी वजारमा काम गर्नेहरु, महिला, वाललालिका, वृद्ध र शारीरिकरुपमा अशक्त रहेकाहरुले नेपालका सार्वजनिक शौचालयहरु प्रयोग गर्दा कठिनाइ भोग्नु परेको गुनासो गरेका छन ।
सरसफाइ सुविधामा सीमान्तकृत समूदायको पहुँच विषयक अन्र्तक्रियामा काठमाडौको कालिमाटी तरकारी वजारमा फलफुल तथा तरकारी विक्री गर्ने महिला तरकारी व्यवस्थापन वचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष सरला केसीले शौचालय प्रयोग गरेको पैसा तिर्ने गरेको भएपनि पानी र सरसफाईको समस्या भोग्नु परेको बताइन् ।
हामी फलफुल र तरकारी वेच्ने महिलाको संख्या चार सय छ, फलफुल र तरकारी किन्न आउनेको संख्या पनि महिलाकै वढी हुन्छ हामी सवैले दिनहुँ शौचालयको प्रयोगमा कठिनाई भोग्नु परेको छ उनले भनिन तरकारी तथा फलफुल वजार विकास समितिमा गएर पनि धेरै पटक समस्या राख्यौ तर सुनुवाइ भएन ।

कालीमाटी तरकारी तथा फलफुल वजारका महिलाहरुले विकास समितिमा मात्र होइन काठमाडौ महानगरपालिकामा पनि गुनासो गरेको वताए । हामीले पिसाव फेरेको एक र दिशा गरेको दुई रुपैयाँ तिर्छौ तर पनि पानी हुँदैन सामान्य आम्दानी भएका हामीले दिनहुँ मिनिरलवाटर प्रयोग गर्न सक्दैनौ केसीले बताइन ।
दृष्टी विहिन, वहिरा, अपांगहरुको समस्या अझ फरक छ उनीहरुले आफू अनुकुलका चर्पी नै नभएको गुनासो गरे । गाउँ त के शहरमा पनि पर्याप्त सार्वजनिक शौचालय छैनन भएका पनि व्यवस्थित छैनन दृष्टी विहिन विरोध खतिवडाले भने हामीले दिशा र पिसावको गन्ध सुनेर शौचालय पत्ता लगाउनुपर्छ ती शौचालय पनि मेरो अवस्था अनुसारका मैत्री छैनन । पानी हुँदैन सरसफाईको अभावमा दिशा पिसाव कुल्चेर हिड्नुपर्छ ।
कार्यक्रममा हाउभाउले आफ्ना अनुभव सुनाएकी कान नसुन्ने लक्ष्मी देवकोटाले सार्वजनिक शौचालयमा वुझिने खालका संकेत राख्ने चलन नभएकोले वहिरा महिलालाई शौचालय जान डराउने गरेको वताइन । सार्वजनिक शौचालयमा हामीले वुझ्ने सांकेतिक भाषामा यो महिलाको यो पुरुषको शौचालय हो भन्ने खुलाउन जरुरी छ उनले माग गरिन ।

सो अवसरमो प्राय : शौचालयमा महिलाको व्याग राख्ने, महिनावारी हुँदा लगाउने प्याड फाल्ने ठाउँ नहुँदा आम महिलाले कठिनाइ भोग्नु परेको चर्चा पनि भएको थियो । अपागंता भएकाहरुले स्कुल, होटल र सरकारी कार्यालयका पहिलो तलामै ह्वील चियर जाने शौचालय वनाउनु पर्ने वताएका थिए ।
खानेपानी तथा ढल निकास विभागका इन्जिनियर प्रेमकृष्ण श्रेष्ठले छैटौ साकोसानले सीमान्तकृत समूदायका सवाल समेटेको वताउदै त्यसको कार्यान्यवनमा लाग्नु पर्नेमा जोड दिए । हरेक परिवारले शौचालय लगायतका सरसफाइमा कम महत्व दिने गरेका छन त्यसैले सरसफाइको सवाल आफैमा पनि सीमान्तकृत हो उनले भने घर वनाउदा शौचालयल सके वनाउन तयार नहुने वनाए पनि भ¥याङमुनी वनाइने गरिएको छ । उनले शार्वजनिक शौचालय निशुल्क हुनु पर्नेमा जोड दिनु पर्ने पनि वताए ।
इन्जिनियर श्रेष्ठका अनुसार नेपालका ३८ जिल्ला खुला दिसापिसाव मुक्त क्षेत्र घोषणा भइसकेको वताउदै ८६ प्रतिशतले पानी र ८७ प्रतिशत नेपालीले शौचालय वनाएको जानकारी पनि दिएका थिए । सो अवसरमा विद्यालयमा महिला शिक्षक र छात्रा, पुरुष शिक्षक र छात्रको एउटै शौचालय हुँदा सरसफाइ राम्रो हुन सक्ने, चर्पीमै कपडा लगाउनु पूर्व दिसा धोएपछि सावून पानीले हात धुनु आवश्यक हुने चर्चा पनि गरिएको थियो ।
फ्यान साउथ एशियाको आयोजनामा भएको कार्यक्रममा फ्यानका नेपाल संयोजक लजना मानन्धर, राष्ट्रिय सदस्य राजेन्द्र अर्याल, अनिल स्थापित, कुलमणी देवकोटा लगायतले बोलेका थिए ।












प्रतिक्रिया